जातीय विभेद घटनाका आरोपितविरूद्ध वडा कार्यालयमा उजुरी

  ०७६ वैशाख ३० गते

बेसीशहर नपा–३ बस्ने ७४ वर्षीया सन्तुमाया सुनारलाई जातीय विभेद जनाउने शब्द प्रयोग गरी गाली गलौज गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय राजु रानाविरूद्ध पीडित महिलाले वैशाख २९ गते वडा कार्यलयमा उजुरी दर्ता गराएकी छिन् ।

जग्गाको सिमानाको विषयलाई लिएर आरोपित रानाले गाली गर्दा जातीय विभेद जनाउने शब्दहरू प्रयोग गरेकोमा कारवाहीको माग गर्दै पीडितले वडा कार्यलयमा उजुरी दिएको वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठले पीडित पक्षको उजुरीका आधारमा सत्यतथ्य बुझी दोषीलाई कानुनी कारवाही गर्दैै पीडितलाई न्याय दिलाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्राप्त उजुरीलाई न्यायिक समितिमार्फत प्रहरीमा पुर्‍याएर कानुनी कारवाहीका लागि भूमिका निर्वाह गर्ने बताए ।


दलबहादुर मजाकोटी