जातीय विभेद घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ २३ गते

जातीय विभेद गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटका ४५ वर्षीय इमानसिंह कठायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित कठायतलाई जातीय विभेद गरेको भनी पीडित पक्षले दिएको निवेदनको आधारमा प्रहरी चौकी त्रिपुराकोटले जेठ २३ गते बिहान गिरफ्तार गरेको हो ।

कठायत जेठ २३ गते बिहान त्रिपुरासुन्दरी नपा–१ स्थित सार्की टोलमा रोपाईको लागि हली भन्न धनमल सार्कीको घरमा गएका थिए ।

धनमल सार्कीले ‘म आज हली जान पाउन्न मेरो आफ्नै काम छ’ भनेपछि डुम भन्दै अपशब्द बोलेको भनी पीडित पक्षले जेठ २३ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको र सत्यतथ्य के हो बुझेर कारवाही अगाडि बढाइने प्रहरी चौकीका सई टेकबहादुर देउवाले बताए । आरोपित कठायतले भने आफूमाथि लगाइएको आरोप झुठा भएको बताएका छन् ।


विष्णुप्रसाद देवकोटा