जातीय विभेदका आरोपित विरूद्ध  मुद्दा दर्ता

  ०७७ जेठ ७ गते

जातीय विभेद घटनाका आरोपित कालिगण्डकी गाउँपालिका– ५ फोक्सिङका ४३ वर्षीय नेत्र काउचा मगर  बिरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ ६ गते मुद्दा दर्ता गरिएको  छ ।

आरोपितले सोही ठाँउका २७ वर्षीय श्यामबहादुरलाई घरभित्र पसेको आरोपमा वैशाख २२ गते १५ सय रुपियाँ जरिबाना गराएको थियो । उक्त विषयमा श्याम परियारले जिल्लाका दलित सङ्घ संस्थाको उपस्थितीमा  जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दर्ता गारउनु भएको हो ।

मुद्दा दर्ता गरी  आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार रावलले जानकारी दिनुभयो ।

वैशाख २२ गते मलामीबाट घर फर्किने क्रममा पानी परेपछि श्यामबहादुर ओत लाग्न आरोपितको घरमा पसेका थिए । काउचा लागयत  स्थानीयले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउनु पर्ने  भन्दै १५ सय रुपियाँ जरिबाना गराएका थिए ।

उक्त घटनाका विषयमा अनुसन्धान र दोषीलाई कारवाहीका दायरामा ल्याउन नेपाल दलित मुक्ति संगठन, इन्सेक, नेपाल दलित सङ्घ, दलित साझा मञ्च, सामाजिक रुपान्तरण लगायतका प्रतिनिधिले जेठ २ गते प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई भेटेर  ध्यानाकर्षण गराएका थिए ।


टोपलाल अर्याल