जातिय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
रामारोशन गाउँपालिका–२ चाफामाडौँका १७ वर्षीय प्रकाश टमट्टामाथि भदौ १२ गते जातिय विभेद गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय रामबहादुर रावल, २६ वर्षीय दीर्घ रावल, १९ वर्षीया दिलु रावल, २७ वर्षीय सुरेश रावल, २१ वर्षीय विनय रावल र २६ वर्षीय गोकुल रावलविरुद्ध पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, अछाममा उजुरी दिएका छन् ।
रामारोशन गाउँपालिका–२ की १५ वर्षीया केशरी रावल र प्रकाश टमट्टबीच भएको मायाप्रेमको विषयलाई लिएर भदौ १२ गते प्रकाशमाथि जातिय विभेद गरी कुटपिट गरेकोले ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रकाशकी आमा कलावती टमट्टाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
तँ डुम रावलका घरमा आउने भन्दै आरोपितहरुले प्रकाशसहित परिवारका सदस्यलाईसमेत सार्वजनिक रुपमा गालीगलौज गरी धम्की दिइदै आएकाले आफूहरुको सुरक्षा र न्यायका लागि प्रहरीमा उजुरी दिएको कलावतीले बताउनु भयो ।
छोरामाथि जातिय विभेद गरी कुटपिट गरेको भन्दै प्रकाशकी आमा कलावती टमट्टाले न्याय पाउँ भन्दै किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिनु भएकोले अदालतको अनुमती लिएर आवश्यक कार्वाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय,अछामका डिएसपी योगेन्द्रसिंह थापाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
केशरी रावल घरभन्दा करिब ४ सय मिटर टाँढा रहेको रुखमा झुण्डिएको अवस्थामा भदौ १३ गते मृत फेला परेकी थिइन् ।
शवको पोष्टमार्टम भदौ १४ गते जिल्ला अस्पताल, अछाममा गरी आफन्तले शव बुझेर दाहसंस्कारसमेत गरिसकेका छन् ।
शिवराज ढुंगाना
सम्बन्धित समाचारहरू
कृषकको लगानी माथि आक्रमण, ढुक्क भएर काम गर्ने वातावरण मिलाउन माग
जिल्लामा कृषकको लगानी माथि एक पछि अर्को आक्रमण हुन थाले पछि कृषकहरूले ढुक्क भएर काम गर्ने वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग माग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ६ गते)
माघ ६ गते ३ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
कोभिड–१९ः यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका ७ सय बढी
यो साता थपिएका सङ्क्रमित भन्दा निको भएका सङ्क्रमितको सङ्ख्या ७ सय ले बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो साता २ हजार १ सय ९९ सङ्क्रमित थपिएका…
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार गिरफ्तार
यौन दुर्व्यवहार घटनाका फरार कसुरदार बुढीनन्दा नगरपालिका–५ का ३० वर्षीय दीपक शाहीलाई माघ ४ गते जिल्ला प्रहरी कार्यालय, बाजुराले चार वर्षपछि गिरफ्तार गरेको छ । यौन दुर्व्यवहार गरेको कसुरमा ०७४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१३ बेलबासका २२ वर्षीय आषिश पोखरेललाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आारोपितले पुस २९ गते मादक पदार्थ सेवन…