जागिरको प्रलोभनमा बलात्कार र लुटपिट घटनाका आरोपित गिरफ्तार
पाँच जना महिलामाथि बलात्कार, बलात्कार प्रयास र लुटपिट गरेको आरोपमा अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सितापुरका २९ वर्षीय सन्तोषकुमार यादवलाई प्रहरीले गिरफ्तार गरी भदौ १६ गते सार्वजनिक गरेको छ ।
रोजगारी डटकममार्फत एनआइसी बैङ्कलगायत विभिन्न गैरसकारी संस्थामा जागिर लगाइदिने भन्दै विराटनगर बोलाइएका महिलाहरूलाई बहाना बनाई सप्तरीको अग्नीसाइर कृष्णसवरणस्थित आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपिट गरेको आरोपमा यादवलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
डिएसपी मिश्रका अनुसार एक महिलासँग शैक्षिक योग्यताको प्रमाण पत्रहरू लिएर जागिरको प्रलोभन दिइरहेका बेला भदौ १४ गते मोरङको विराटनगर उपमनपा-३ बुढीगङ्गास्थित डेराबाट आरोपित यादवलई गिरफ्तार गरेको हो ।
आरोपित यादवमाथि वैशाख ९ गते ३३ वर्षीया महिलाको मोवाइल र सुनका गरगहना सहित २ लाख १४ हजार रुपियाँ लुटेको, असार २६ गते १९ वर्षीया महिलाको मोवाइल र सुनका गरगहना सहित १ लाख ५६ हजार रुपियाँको धनमाल लुटेको, साउन ८ गते २५ वर्षीया महिलालाई बलात्कार गरी निजको साथमा रहेको मोवाइल र नगद धनमाल लुटेको, भदौ ११ गते २० वर्षीया महिलालाई बलात्कार प्रयास गर्दै नगद, मोवाइल र सुन चाँदीका गरगहना समेत २ लाख रुपियाँ बराबरको धनमाल लुटेको आरोप छ ।
आरोपितले सामाजिक सञ्जाल इमोमा आफूलाई सञ्जिव खड्का भनी चिनाउने गरेका छन् । इमोमार्फत युवतीहरूको मोबाइल नम्बर पत्ता लगाई फोन सम्पर्क गर्ने उनले आफू रोजगारी डटकमको प्रबन्धक रहेको भनेर परिचय दिने गरेका थिए ।
राम्रो जागिर खुलेकोले शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतासहित विराटनगर आएर भेटन पटकपटक अनुरोध गर्ने गरेका आरोपितले दिनभरी अलमल गरी साँझ पार्ने गरेको पीडितहरूको कथन छ ।
साँझ परेपछि विराटनगरको जागिर त छुट्यो अब सप्तरीमा एउटा जागिर बाँकी छ, विराटनगरबाट बिहानै पुग्न नसकिने भएकोले अहिले नै गएर कञ्चनरुपस्थित दिदीको घरमा बसौँ, त्यहाँबाट राजविराज नजिकै पर्छ भनेर आफ्नो गाउँ ल्याई राख्ने गरेका यादवले राती बलात्कार र लुटपिट गर्ने गरेको अनुसन्धानबाट खुलेको डिएसपी मिश्रले बताए ।
मोरङको विराटनगरमा एक महिलामाथि ०७५ फागुन महिनामा भएको लुटपिट र बलात्कार प्रयास गरेको आरोपमा एक वर्ष ६ दिन कैद सजाय पाएका आरोपित फरार अभियुक्त समेत रहेको डिएसपी मिश्रले बताए ।
२५ वर्षीया महिलाले साउन ९ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको बलात्कार घटनाको उजुरी दर्ता गरी सोही दिन गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीडितको स्वास्थ्य परीक्षण भएको छ ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका-२ स्थित घरमा असार २७ गते र साउन १७ गते तथा विराटनगर उपमनपा-३ स्थित आरोपितको डेरामा भदौ १४ गते छापा मारी पीडितहरूबाट लुटिएको पर्सहरू, सुन र चाँदीको मङ्गलसुत्र, औँठी, लकेटहरू, नगद ३४ हजार रुपियाँ र आठ ओटा मोबाइललगायतका सामग्री बरामद गरेको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…