जल उपभोगबाट बञ्चित गरेको आरोपमा उच्च अदालतमा रिट निवेदन दर्ता

  ०७६ फागुन ३० गते

कलैया उमनपा–२४ श्रीपुर स्थित बंगरी खोलाको पुर्वतर्फ अवस्थित रिलायन्स सुगर एण्ड केमीकल्स ईन्डष्ट्रीजले मिलबाट निस्केको फोहर पानी वातावरण तथा मानव स्वास्थ्यमा असर हुने अुर्गन्धित बिकार वस्तुहरु बंगरी नदीमा मिसाई बगाएको भन्दै फेटा गाउँपालिका–१ भर्वलीया निवासी सोही वडाका वडा अध्यक्ष ३२ वर्षीय जयप्रकाश दासले उच्च अदालत जनकपुर अस्थायी ईजलाश विरगंजमा फागुन १४ गते रिट निवेदन दर्ता गरेको फागुन ३० गते पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।

नेपालको संविधान २०७२ धारा १६ (१), १७ (२), १८, २६ र ३०, मुलुकी देवानी संहिता २०७४ को दफा १७, २० (१), (२) ६, ऐनको दफा २६ (३), मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८, न्याय प्रशासन ऐन २०७३ को दफा ८ (२) तथा उच्च अदालत नियमावली २०७५ को नियम ४१, ४२ उल्लङ्घन गरेको भन्दै कारवाहीको माग गर्दै उच्च अदालत जनकपुर अस्थायी ईजलाश विरगंजमा रिट निवेदन दर्ता गरेको वडा अध्यक्ष दासले बताउनु भयो ।

बंगरी खोलाको पानी दुर्गन्धित र प्रदुषित भएकाले प्रशोधन नगरि खेतबारीमा सिचाइँ गर्न नसकिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जितेन्द्र यादवले बताउनु भयो । बंगरी र दुधौरा नदीको सङ्गम स्थल फेटा गाउँपालिका–१ त्रिवेणीमा भक्तजनहरुले शिवरात्री, त्रयोदशी र साउन महिनामा स्नानगरी शिव महादेवको जलाभिषेक गर्न नेपाल र भारतका भक्तजनहरुलाई बाधा परेको कलैया उपमहानगरपालिका–१८ निवासी ३४ वर्षीय लालबाबु महतोले बताउनु भयो । दुर्गन्धित पानी त्रिवेणी सङ्गम स्थलमा पुगी नुहाउन, स्नान गर्न नसकिने भएकोले सङ्गम स्थलको महत्व समाप्त हुन लागेको रिटमा उल्लेख गरिएको छ ।

रिलायन्स सुगर एण्ड केमीकल्स ईन्डष्ट्रीजले पानी दुर्गन्धित बनाएकाले बंगरी खोलाको किनारमा बस्ने सबै नागरिकलाई दुर्गन्धले गर्दा बस्न नसक्ने अवस्था रहेको कलैया उपमहानगरपालिका–१६ विद्यानगरका ४० वर्षीय इनरदेव कुशवाहाले बताउनु भयो । चिनिमिलबाट निस्केको फोहर पानीले मानवजीवनमा नकरात्मक असर गर्ने र गर्मीयाम सुरु भएकाले महामारीको प्रकोप हुन सक्ने खतरा रहेकाले समाधान गरी स्वास्थ्यमा समस्या आउन नदिन होसीयार हुन जरुरीरहेको कलैया अस्पतालका डा.प्रेमशङ्कर चौरसियाले बताउनु भयो । खोलाको छेउमा हिड्दा नाक थुनेर हिड्न पर्ने बाध्यता रहेको राम्रोसँग श्वास फेर्न असहज भएकाले मिलबाट निस्कने फोहर पानी र फोहरजन्य बस्तु सार्वजनिक खोलामा नमिसाउनका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशानस कार्यालय बारा साथै प्रमुख जिल्ला अधिकारीलाई फागुन १२ गते नै ज्ञापन पत्र बुझाएरको दासले बताउनु भयो ।

उहाँले प्रमुख जिल्ला अधिकारीलाई फागुन १३ र १४ गते अनुरोध गर्दा कुनै वास्ता नगरेको रिटमा उल्लेख गरिएको छ । नागरिकले स्वतन्त्ररुपमा स्वास्थ्य वातावरणमा बाँच्न पाउने अधिकारको हनन् मिलले गरेको उहाँले बताउनु भयो । मिलले नेपालको संविधान र कानूनको पालना नगरेकाले पालना गर्न पहल गरिदिन र न्यायका लागि रिट दिएको निवेदनमा उल्लेख गरिएको छ ।

मिलबाट निस्केको बिकार जन्य बस्तु खोलामा नमिसाउन, खोलाको पानी फोहर र दुर्गन्धित नगर्न आवश्यक निर्देशन सहितको परमादेश र अन्तरिम आदेश जारी गर्न माग गरी दासले रिट निवेदन दिएको बताउनु भयो ।


भोलानाथ पौडेल