जयमङ्गलमा रहेको एनसेल टावरमा आगजनी

  ०७६ माघ १३ गते

मरिण गाउँपालिका–७ जयमङ्गलमा रहेको एनसेल टावरमा माघ १२ गते राति आगजानी भएको छ । अज्ञात पक्षले एनसेलको विटिएस टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो ।

राती पड्किएको आवाज आएको र आगजनी भएको स्थानमा केहि बमका टुक्रा पनि भेटिएकाले बम विस्फोट गराईको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले आशंका गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामबहादुर खत्रीले आगजनीबाट टावरको विटिएस बक्समा क्षति भएको जानकारी दिनु भयो । उहाँले क्षतिको आँकलन प्राविधिक नआई गर्न नसकिएको बताउनु भयो । हालसम्म घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।


बिमला पाण्डे