जन्मदर्ता नहुँदा बालबालिका अध्ययनबाट वञ्चित

  ०७६ फागुन ३० गते

जन्मदर्ता नहुदाँ एकै घरका चार जनाबालबालिका अध्ययनबाट बञ्चितहुनु परेको छ । डुडुवा गाउँपालिका–५ की ३५ वर्षीया दिपा सुनारका चार जना छोरा छोरीको जन्मदर्ता नहुँदा विद्यालयमा अध्ययनबाट वञ्चित रहेका छन ।
१५वर्षीया अङ्किता सुनार , सात वर्षीया सगुन सुनार, १४ वर्षीय पवन सुनार र १० वर्षीय किसन सुनारको जन्मदर्ता नहँुदा विद्यालय शिक्षाबाट बञ्चित हुनु परेको हो ।
दिपाको आफ्नो पनि नागरिकता छैन । पतिको पनि नागरिकता नभएको कारण आफ्नो छोरा छोरीहरूको जन्म दर्ता बनाउन नसकेको दिपाले बताउनु भयो । विवाह दर्ता र पतिको नागरिकता नहुदाँ छोराछोरीहरू शिक्षा बाट बञ्चित रहेको बताउनु भयो ।
वडा कार्यालयबाट आफ्नो नागरिकताकोलागि सिफारिस गरेर लगेपनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएको दिपाको गुनासो रहेको छ ।
आफ्नो घर नभएका कारण दिदिको घरमा बस्दै आएकी दिपा पतिको हिंसा सहदै आएकी छन् । दाउरा बेचेर जिविकोपार्जन गर्दै आएपनि पतिको कुनैपनि सहयोग नभएको गुनासो गर्छिन् ।
डुडुवा गाउँपालिका – ५ का वडा अध्यक्ष परसुराम बुढाथोकीले दिपा सुनारको नागरिकताको विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सिफारिस गरेर पठाएको बताउनु भयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट वडा कार्यालयले नागरिकताको विषयमा गरेको सिफारिसमा थप छानविन गरेर अगाडि बढ्ने जवाफ दिएको बताउनु भयो ।


स्मृति देवकोटा