जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

  ०७६ असार १० गते

पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरामाथि हातपात गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–६ उर्थुगाउँका अम्मर विष्टलाई असार ९ गते गिरफ्तार गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा बैठकमा आरोपित विष्टले असार ९ गते हातपात गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पातारासी गाउँपालिका लासीस्थित कार्यालय भित्रै प्रवेश गरी आरोपितले अपशब्द प्रयोग गरी आफूमाथि हातपात गरी दुर्व्यवहार गरेको अध्यक्ष बोहोराले बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी सिताराम रिजालका अनुसार अरोपितलाई गिरफ्तार गरी घटनाका विषयमा छानविन थालिएको छ ।


मानदत्त रावल