जनप्रतिनिधिमाथि खुकुरी प्रहार गर्ने गिरफ्तार

  ०७७ जेठ ३ गते

खाँदबारी नगरपालिका –५ का कार्यवहाक वडाध्यक्ष ४२ वर्षीय श्याम निरौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका २८ वर्षीय सुरेश तामाङलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

आरोपितले वडा कार्यालय नजिकै जेठ २ गते राति खुकुरी प्रहार गरेपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका वडाध्यक्षको जिल्ला अस्पातलमा जेठ २ गते उपचार भएको छ । वडाध्यक्षको टाउकोमा दश टाँका लगाइएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनुभयो ।

वडाध्यक्षमाथि खुकुरी प्रहार गर्ने आरोपित नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको पूर्व अध्यक्ष रहेको प्रहरीले जनाएकाे छ ।  के कारणले खुकुरी प्रहार भयो भन्ने विषयमा जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडाध्यक्षलाई खुकुरी प्रहार गरेको आरोपमा सुरेश तामाङमाथि जेठ २ गते राति अज्ञात पक्षले आक्रमण गरी घाइते बनाएको छ ।

तामाङको उपचार जिल्ला अस्पातालमा उपचार हुन नसकेपछि जेठ ३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान (घोपा) मा उपचार भइरहेको छ ।


भविन कार्की