जनता आवास कार्यक्रमको लापरवाहीले डोम, मुसहर, हलखोर र मेस्तर समुदाय पालमुनी बस्न बाध्य
तराईका अति विपन्न डोम, मुसहर, हलखोर र मेस्तर समुदायलाई अनुदानमा घर निर्माण गरिदिने गरी सञ्चालन भएको जनता आवास कार्यक्रमको लापरवाहीले एक वर्षदेखि पालमा बस्न बाध्य भएका छन् ।
अनुदानमा पक्की घर निर्माण गर्ने सरकारको योजना अनुसार आफ्नो कच्ची घर भत्काएको तर समयमा अनुदान रकम नपाउँदा घर निर्माण गर्न नसक्दा पालमा बस्न बाध्य भएको ती समुदायका व्यक्तिहरूले गुनासो गरे ।
कलैया उपमहानगरपालिका-२४ को आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको सहकार्यमा वडा कार्यालयमा फागुन २८ गते आयोजित अर्न्तक्रिया कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।
चिनिमील नजिक श्रीपुर गाँउमा बस्ने ममिता देवी रामले घर भत्काएर बैँकमा खाता खोलेको र हालसम्म प्रथम किस्ता नआएको गुनासो गरिन् ।
रामबहादुर हजरा दुसादले २०७५ असारमा जनता आवास कार्यक्रमले घर भत्काएको बताए । उनले भने-"बालबच्चा कहाँ राख्ने झोपडी बनाएर बालबच्चा राखेको छु । दौडदा दौडदै आजसम्म यो हालत भयो । आजसम्म प्रथम किस्ता ८३ हजार रुपियाँ मात्र प्राप्त भयो । १ लाख रुपियाँको काम भएको छ । उक्त रकमले जगसम्म काम भयो ।"
ज्ञान बहादुर दर्जी जनता आवास कार्यक्रमको अध्यक्ष हुन् । उनका अनुसार समितिमा ११ जना छन् । जग सम्म काम भयो । जनता आवस कार्यालय बन्द थियो । गाउँबाट कार्यालय जान्छौँ । कर्मचारी भेट भएन । कहिले काहि भेट भए पनि मन्त्रालयमा गडबड छ भनि कर्मचारीले भन्ने गरेको दर्जीले बताए । कर्मचारीले समयमा काम गर्ने भने पनि असहयोग गरेको दर्जीले बताए ।
श्रीपुर चिनिमिल गाउँमा बस्ने हिरामति रामले एक किस्ता ८३ हजार रुपियाँ प्राप्त गरेको बताइन् । त्यस पछि किस्ता नपाएको उनले गुनासो गरिन् । जितपुर सिमरा उपमहानगरपालिका १८ का रामचन्द्र बिकले पालमा बसेको पिडा सुनाएँ ।
कार्यक्रममा प्रदेश सभा सदस्य र जनता आवास कार्यक्रमकी सदस्य ज्वाला कुमारी साहले एक वर्षपहिला दलितका लागि पक्की घर बनाउन भनि ती समुदायका व्यक्तिले घर भत्काएको बताइन् ।
जसको घर छैन तथा अति गरिव दलित परिवारलाई बस्न बारा जिल्लामा तत्काल २ हजार घर बनाउने योजना रहेको साहले जानकारी दिइन् । प्रधानमन्त्रीले बेघर भएकाहरूको लागि घर बनाउन लगाएको उनले बताइन् ।
आर्थिक रुपले विपन्न तथा ज्यालाको भरमा जीविकोपार्जन गर्ने र खान पनि धौँधौँ भइरहेका परिवारलाई सहयोग गर्ने यस कार्यक्रमको लक्षय रहेको प्रदेश सभा सदस्य साहले बताइन् । उनका अनुसार कार्य विधिमा दलितहरुः डोम, मुसहर, हलखोर र मेस्तरको फोकस भएको छ ।
अनुगमन गर्दा उचित परिवारमा सहयोग नपुगेको देखिएको उनले बताइन् । उनले भने-"रकमको दुरुपयोग भएको पाइयो । फिल्डमा हेर्दा फरक तरिकाले काम भएको पाइयो । सम्पत्ति छ । घर बनाउने क्षमता हुँदा हुँदै राज्यको रकममा लोभ गर्नेलाई राज्यले कारवाही गर्ने छ ।" जनता आवास कार्यक्रमको निर्देशिकामा क्षमता भएका नागरिकले राज्यको रकमले घर बनाएमा त्यस्ता नागरिकको सम्पत्ति जफत गर्न सक्ने उल्लेख गरेकाले राज्यसँग बेइमानी नगर्न उनले आग्रह गरिन् ।
एक किस्ता लिएर काम नगर्ने नागरिकले रकम भुक्तानी नपाउने र बदरहुने उनले बताइन् । उनले भनिन्-"एक किस्ता पाएकाले राम्रो काम गरेमा भुक्तानी प्राप्त हुन्छ । म पहल गर्ने छु । कडाइका साथ लाग्ने छु ।"
प्रथम किस्ताको कार्य सम्पन्न भएपछि जनता आवासका प्राविधिक कर्मचारीले लापरवाही गरेको कलैया उपमहानगरपालिका-२४ का वडा अध्यक्ष हरिलाल चौधरीले आरोप लगाए । समयमा निरिक्षण र मुल्याङ्कन नभएको उनको भनाई थियो । नागरिकले वर्षा र चिसोमा जागरम बसेर रात विताएको वडा अध्यक्ष चौधरीले बताए ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…