जनता आवासको कार्यक्रम अन्र्तगतका घरहरू अझै बनेन
विपन्न तथा गरिव परिवारलाई लक्षित गरी सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण भइरहेका घरहरू यतिखेर अलपत्र परेको छ ।
घर निर्माणका लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले भुक्तानी नदिँदा सरकारले विपन्नको घर निर्माणका लागि थालेको जनता आवास कार्यक्रम नै अलपत्र परेको हो ।
तीन घण्टा साइकल चलाएर सदरमुकाम धाउने पर्साको निचुटाका तुलसी पासवानको समस्या ज्यूँका त्यूँ नै रहेको छ ।
आफू कार्यालय धाउँदाधाउँदै हैरान मात्र नभई निरास समेत बनेको पासवानले बताए । कर्मचारीहरू सम्पर्कविहीन भएपछि घर भत्काएका गरिवहरूले यो वर्षको जाडोमा आफूसहित लालाबालाहरूको बिच्चली सहनु प¥यो ।
तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ०६६÷६७ मा सुरू भएको कार्यक्रम सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष १÷१ हजार घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवास कार्यक्रम थालिएको थियो । उक्त कार्यक्रम ३ वर्ष अघि ५० जिल्लामा विस्तार भएको हो ।
शहरी विकास तथा भवन कार्यालय वीरगंजका प्रमुख सरोजकुमार गोईतले प्रदेशमा कर्मचारी तथा कार्यविधिका अभाव कारण आवास निर्माणमा ढिलाई भएको बताए ।
तत्कालीन सहरी विकास तथा भवन निर्माण विभागका डिभिजन कार्यालयहरू रहने या नरहने अन्योलले गर्दा जनता आवास कार्यक्रम भद्रगोल भएको गोइत बताउँछन् । तीन जिल्लामा उक्त कार्यक्रमका लागि यसवर्ष करिब ४२ करोड रूपियाँ निकासा भएको पनि बताए ।
उक्त कार्यक्रमबाट तराईमा प्रतिजिल्ला २ सयदेखि १० हजार र पहाडमा ५० देखि १ सय जनता आवास एकाइ बनाउने योजना छ ।
तराईका विपन्न मुसहर, चमार, मुस्लिम र दलितका लागि भनेर थालिएको जनता आवास कार्यक्रम पहाडका दलित दमाई, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुन्डा, राउटे लगायतका जातिका लागि लक्षित गरिएको छ ।
पछिल्लो पटक जनता आवासको कार्यक्रम प्रदेश सरकारको मातहत आएपछि प्रदेश सरकारले बरा र पर्साको काम हेर्ने गरी फागुन २८ मा वीरगञ्जमा जनता आवासको कार्यालय स्थापना गरेको छ ।
केसी लामिछाने
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…