जनजाती महासङ्घका जिल्ला अध्यक्ष गिरफ्तार

  ०७६ साउन ४ गते

नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरीका अध्यक्ष ४६ वर्षीय रामकुमार राईलाई प्रहरीले इटहरीबाट साउन ४ गते गिरफ्तार गरेको छ ।

लोकसेवा आयोगले खुलाएको विज्ञापनमा देशमा समावेशी सिद्धान्तको कोटा कम भएको भन्दै आदिवासी जनजाती महासङ्घले शनिबार प्रदेश १ मा बन्दको आह्वान गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले नागरिकलाई सास्ति दिने गरी बन्द गराउन आह्वान गर्दै हिँडेकाले उनीहरूलाई गिरफ्तार गरिएको बताए ।

साउन ३ गते महासङ्घले इटहरीको मुख्य चोकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला दहन गरेको थियो ।


जयकृष्ण यादव