जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक

  ०७६ मङ्सिर ७ गते

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरमा प्रदेश २ स्तरीय विश्वव्यापी आवधिक समीक्षा बैठक मङ्सिर ६ गते सम्पन्न गरेको छ ।

समीक्षा बैठकमा प्रदेश २ सरकारका प्रमुख तिलक परियारले प्रदेश २ मा मानव अधिकारको अवस्था कमजोर भएको बताउनुभएको छ ।

उहाँले संविधानले प्रत्याभुत गरेको मौलिक हक र मानव अधिकारसम्बन्धी अधिकारको रक्षा र कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश प्रमुख परियारले जनताहरूले भोग्दै आएका समस्याहरूलाई छलफल गरी मानव अधिकारको सवालमा खुल्ला बहस गरी समीक्षा गर्नु सान्दर्भिक भएकाले राष्ट्रसङ्घीय परिषद्ले समेत सकारात्मक छलफल गर्नु पर्नेमा जोड दिनुभएको छ ।

समीक्षा बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रहरी प्रशासन पनि एक मानव अधिकार रक्षक हुँ भनेर हरेक क्षण काम गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले नेपालको ७४ ओटै कारागारमा न्युनतम ४ देखि १० पटक पुगेको बताउँदै अहिले पनि कारागारहरूमा कैदीबन्दीहरू समस्यामा रहेको बताउनुभयो ।

अबको दिनमा हामीले आफ्नो काम आफैँ गर्ने बानी बसालेको खण्डमा मात्रै देशमा मानव अधिकारको प्रत्याभुत हुने बताउँदै उहाँले राजनीतिक दलले एक अर्कामा गाली गलौज छोडेर काम गर्नुपर्ने बताउनुभयो ।

प्रदेश २ का सांसद रामअशिष यादवले द्वन्द्वको व्यवस्थापन गर्न सके मानव अधिकारको प्रत्याभुत हुने बताउनुभएको छ ।

सामाजिक, आर्थिक र पर्यावरण मानव अधिकारको मुख्य एजेण्डा भएकाले यसको रक्षाको लागि हामी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश २ का सांसद शारदा थापाले लिगको आधारमा विभेद र जातिय आधारमा भेदभाव हुँदै आएकाले यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

photo20191123dhanusha (1)

photo20191123dhanusha (2)


दीपेन्द्रप्रसाद सिंह