जतीय विभेद घटनाका आरोपित गिरफ्तार

०७५ मङ्सिर २१ गते

गौरीगङ्गा नपा–५ का अध्यक्ष ३३ वर्षीय जङ्गबहादुर बिकलाई मङ्सिर १९ गते ‘डुम’ जस्ता अपशव्द बोल्दै गालीगलौज गरी जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका बासिन्दासमेत रहेका नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य ५५ वर्षीय खडक साउदलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

विद्यालय व्यवस्थापन समिति चयन गर्ने विषयमा विवाद भएपछि आरोपित साउदले विभेदपुर्ण व्यवहार गरेको र गालीगलौज गर्नुका साथै मार्ने धम्की दिएको आरोपमा मङ्सिर २० गते पीडित बिकले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिन अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी हरिबहादुर वलीले बताए ।

०७३ सालमा पनि आरोपितले आफूलाई तल्लो स्तरको घृणित शव्द प्रयोग गरी जातीय विभेद गरेको भएपनि उपरान्त गल्ती नदोह¥याउने भनी कागज बनाएपछि मिलापत्र गरिएको थियो ।

तर, साउदले पुनः सोही प्रकारको घटना दोहो¥याएकोले कानुन बमोजिम न्याय पाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको पीडित बिकले बताए ।


रविना चौधरी