छोरी हत्याको आरोपमा आमा गिरफ्तार

  ०७७ भदौ २ गते

सरुमारानी गाउँपालिका– १ की तीन वर्षीया आयुस्मा अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले  आमा ४० वर्षीया माया अधिकारीलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

बालिकालाई साउन ३२ गते राती घाटी थिचेर हत्या गरेको प्रारम्भिक अुसन्धानबाट खुलेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।  मृतक पक्षले भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

शवको पोष्टमार्टम भदौ १ गते  जिल्ला अस्पतालमा गरिएको  प्रहरीले जनायो ।


रविन्द्र पाण्डे