छोरी हत्याका आरोपित गिरफ्तार

  ०७६ भदौ २६ गते

बाँसगढी नगरपालिका-४ की ६ वर्षीया सिम्रन हमालको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीया आमा अनु हमाललाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ १८ गते घरमा छोरीको हत्या गरेको भन्दै पीडित पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको इन्स्पेक्टर इन्द्रजीत सुनारले बताए ।

मृतककी आमाले कुटपिट गरी घाइते बनाएको र भदौ १८ गते उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उजुरी परेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम भदौ १९ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।


मानबहादुर चौधरी