बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १५ गते

१८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय बुबालाई जेठ १४ गते प्रहरीले छिमेकीको घरमा लुकेको अवस्थामा गिरफ्तार गरेको छ ।
आरोपितले जेठ ११ गते दिउँसो आफ्नै घरमा बलात्कार गरेको पीडितको आरोप छ । यस अघि पनि विभिन्न मितिमा तीन पटक बलात्कार गरेको आरोप पीडितको छ ।
पीडितले जेठ १४ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, मेलम्ची मुद्दा शाखाका प्रहरी हवल्दार भोजबहादुर खत्रीले बताउनु भयो । खत्रीका अनुसार पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।
इन्द्रावती नदिमा आत्महत्या गर्न हिँडेको अवस्थामा पीडितलाई छिमेकीले सम्झाई बुझाई गर्दा बलात्कारको घटना खुलेको स्थानीय हरि धितालले बताउनु भयो ।
छिमेकीसँग पीडितले आफूलाई बाबुले पटक पटक बलात्कार गर्दै आएको घटना विवरण बताएपछि छिमेकीले प्रहरीलाई खवर गरेपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरी हवल्दार भोजबहादुर खत्रीले बताउनु भयो ।


नातिबावु धिताल