छोरी जन्माएको आरोपमा घर निकालामा परेकी महिला दुई महिने शिशु सहित न्यायको खोजीमा
दुहवी नगरपालिका–२ की २२ वर्षीया रोशन खातुन छोरी जन्माएको कारणले घरबाट निकालिएकी छन् ।
इटहरी उपमहानगरपालिका–१४ की खातुनको विवाह तीन वर्ष अगाडि दुहवी नपा–२ का कुरमान मियाँसंग भएको थियो ।
पीडितले लगातार रूपमा दुई छोरी जन्माएको भन्दै कुटपिटसहित शारीरिक र मानसिक यातना दिँदै घरबाट निकाला गरीदिएको पीडित महिलाका बुवा सलिम मियाँले आरोप लगाए ।
छोरीको विवाहमा सम्धिले मागेको र ज्वाँइले भनेको सबै कुरा नगद सहित दाइजो दिएको पीडितका बावु मियाँले बताए ।
विवाहपछि दाइजो कम भएको धम्की दिँदै कुटपिट गरेकोमा अहिले आएर छोरीछोरी मात्रै जन्माएको भनी रातभर लाठीले कुटेर माघ १२ गते राति घर निकाला गरिदिएको पीडितले इन्सेक प्रतिनिधि समक्ष गुनासो गरिन् ।
पीडित खातुनले न्यायका लागि बावुसहित इलाका प्रहरी कार्यालय दुहवी पुगेकी छन् । प्रहरीले भने गुनासो सुनेर आरोपितलाई बोलाउने र छलफल गराउने प्रतिक्रिया दिएको छ । पीडित खातुनका १४ महिनाकी जेठी र दुई महिनाकी कान्छी छोरी काखमा छन् ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…