छोरीको हत्या गरेको आरोपमा अस्पतालमा आमामाथि निगरानी

  ०७३ भदौ ३० गते

धनगढीमाइ नपा–१२ विष्णुपुरकट्टीकी एक वर्षीया छोरीलाई ३० वर्षीया आमा हिरा खडकाले भदौ ३० गते घर नजिकैको इनारमा फालेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले आरोप लगाएको छ ।

प्रहरीका अनुसार हिराले आफ्नो घर छेउकै सार्वजनिक इनारमा छोरीलाई फाली आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको र आमा भने बाँचेकी छन् ।

इनारमा हाम फाल्दा घाइते हिराको लहान स्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइहरेको लहान अस्पतालले जनाएको छ ।

पीडित बालिकाको शवको पोष्टमार्टम भदौ ३० गते रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले छोरीलाई इनारमा फालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकोले उपचारमा रहेकी हिरामाथि अस्पतालमै निगरानी थालिएको बताए ।


दुर्गा परियार