छोरीको हत्या गरेको आरोपमा प्रहरीद्वारा आमा गिरफ्तार

  ०७५ जेठ १२ गते

ठाकुरबाबा नपा-५ की ३० वर्षीया ललिता रानालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीया आमा लोकमाया रानालाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

ललितालाई आरोपितले जेठ ११ गते कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपाङ्ग अशक्त छोरीलाई आमाले लाठीले कुटपिट गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय, भुरिगाउँका इन्स्पेक्टर प्रेम थापाले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल गुलरियामा जेठ ११ गते भएको प्रहरीले जनाएको छ ।


मानबहादुर चौधरी