छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

कावासोती नपा-१६ डण्डाकी १५ वर्षीया रविना अर्यालको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावु तुलसीप्रसाद अर्याल र ३७ वर्षीया आमा भिमकला अर्याललाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपित तुलसीप्रसाद र सौतेनी आमा भिमकला अर्यालले जेठ ३ गते रविनाको हत्या गरेको आरोपमा उनकी दिदी मनिता अर्यालले जेठ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर, प्रहरीले उजुरीपछि आरोपितद्वयलाई सामान्य सोधपुछ पछि रिहा गरेको थियो । आरोपितलाई रिहा गरेको विरोधमा पीडितका आफन्त, मावली पक्ष तथा आफन्तलगायतले जेठ ७ गते इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

पीडित पक्षको दबावपछि आरोपितद्वयलाई अनुसन्धानका लागि जेठ ८ गते पुनः गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका सई प्रकाश श्रीखडाले जानकारी दिए ।


नारायण पराजुली