छोराको कुटाइबाट आमाको निधन

  ०७४ भदौ १४ गते

भरतपुर महानगरपालिका-१५ मङ्गलपुरकी ४० वर्षीया सविना दराईलाई कुटपिट गरी १९ वर्षीय छोरा आशिष दराईले हत्या गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले भदौ १४ गते बिहान कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोरा आशिषले बाँधेर कुटपिट गर्दा आमा सविनाको मृत्यु भएको हो । आमाको हत्या संलगन भएको आरोपमा प्रहरीले आशिषलाई तत्कालै गिरफ्तार गरेको थियो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।


दिपेन्द्र अधिकारी