छुवाछुत गरेको आरोपमा दलित परिवारमाथि सामूहिक आक्रमण, आरोपितविरूद्ध प्रहरीमा उजुरी
महाराजगञ्ज नगरपालिका-८ सोनवर्षाको ४५ वर्षीय द्रोणबहादुर चमार, १८ वर्षीय छोरा जानुलाल चमार, ३५ वर्षीय भाइ रामविलास चमार, ३० वर्षीय अर्का भाइ राहुल चमार, २२ वर्षीया बुहारी शुभावती चमार र २१ वर्षीया अर्की बुहारी सोनी चमारलाई सोही नपा-८ का ४५ वर्षीय श्रीकान्त यादव सहितको १६ जनाको समूहले छुवाछुत गरेको आरोपमा सामूहिक आक्रमण गरेको भन्दै पीडित पक्षले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
जेठ १६ गते राति चमारको घरमा गई उपल्लो जातका मानिसलाई छोएको भन्दै यादव परिवारले आक्रमणमा गर्दा द्रोणबहादुर चमारको दाहिने हात भाँचिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ ।
छोरा, श्रीमती र छोरीको टाउको र शरीरमा चोट र निलडाम छन् । पीडितहरूले प्रतिकार गर्ने क्रममा आक्रमणमा संलग्न सुरेन्द्र यादवसहित तीन जना सामान्य घाइते भएका छन् ।
स्थानीयबासी राममिलन धोबीका अनुसार १३ गते पीडित द्रोण चमार महाराजगञ्जबाट किनमेल गरी घर फर्कदै गर्दा बाटोमा हिँडिरहेका श्रीकान्त यादवलाई द्रोणबहादुर चमारको साइकलबाट ठक्कर लागेको र यादवले किन मलाई छोएको भन्दै कुटपिट गरेका थिए ।
कुटपिटबाट चमारको टाउकोमा चोट लागेको थियो । चार दिनपछि चमारको छोरा जानुलालले किन बाबुलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाने बताएपछि श्रीलाल यादवले अब 'दलितलाई गाउँबाट लखेट्ने' भन्दै गाउँका राजाराम यादव, मुकेश यादव, सुरेन्द्र यादव र गणेश यादवसहितका १६ जनाको समूह बनाई जेठ १७ गते राति ९ बजे चमारको घरमा गएर सामूहिक आक्रमण गरेका थिए ।
घटना पश्चात पीडित परिवारले नजिकैको हरदौना प्रहरी चौकीमा उजुरी दिए । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलायो तर यादवहरूले दलितहरूलाई प्रहरीकै अगाडि धम्क्याएपछि उनीहरू डरका कारण भागेका थिए ।
उनीहरू न्याय माग्दै जेठ १८ गते जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले डिएसपी नरेन्द्र कार्कीलाई घटनाबनरे थप बुझेर आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए ।
डिएसपी कार्कीले जेठ २० गते आफू घटनास्थल गएर बुझ्ने र अनुसन्धान गर्ने भन्दै उजुरी नलिई फर्काए । पीडितले जेठ २१ गते घाउजाँच गरी दोषीलाई कारबाहीको माग सहित पुनः जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । स्थानीय समाजसेवी झिन्कन कुर्मीले दलितहरूमाथि भएको आक्रमण निन्दनीय र प्रहरीको रवैया अझ लज्जास्पद रहेको आरोप लगाए ।
'यो ठूलो सामाजिक अपराध हो । अहिलेको जमानामा छुवाछुतकै कारण कुटपिट हुनु कहाँको न्याय हो ? पाँच दिनदेखि पीडित भौतारिँदै हिँडेका छन् । पीडक खुलेआम घुमेका छन् खै कारबाही भएको ?'-उनले प्रश्न गरे ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाबारे जेठ २१ गते मात्र उजुरी आएको हुँदा अब अनुसन्धान गरी प्रक्रियामा जाने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले पीडित पक्षको उजुरी प्राप्त भइसकेकाले छानविन सुरू हुने बताए । 'घटना ६ दिन अघिको भएपनि उजुरी भर्खरै आएको छ । छानबिन गरी दोषीलाई कारबाही गर्छौँ ।'-उनले भने ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…