छुरा प्रहार गरी बुहारीको हत्या, आरोपित गिरफ्तार

  ०७६ माघ १० गते

गढवा गाउँपालिका – ४ रामनगरकी  २७ वर्षीया बसन्ता योगी कँवरको माघ ८ गते  ससुरा ६५ वर्षीय ससुरा कुलमान योगी कँवरले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले माघ ८ गते गिरफ्तार गरेको छ ।

घरयासी विवादका क्रममा माघ ८ गते आरोपितले भान्सामा रहेकी बुहारीलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट  पेट, घुँडा र हातमा चोट लागेर घाइते भएकी बसन्ताको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकालागि बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । बसन्ताको उपचारको क्रममा माघ ८ गते मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय गढवाका इन्स्पेक्टर भरतसिंह राठौरले बताउनु भयो । मृतक पक्षले माघ ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

शवको पोष्टमार्टम माघ ९ गते लमही अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 


जयनारायण पुन