छानो मर्मत नभएका कारण पठनपाठन प्रभावित
नेपालको संविधानले गुणस्तरीय शिक्षाको सुनिश्चितता गरेको अवस्थामा डिलाशैनी गाउँपालिका–३ सेलीको सेला अधारभुत विद्यालयको चुहिने छानोका कारण बालबालिकाहरू पठनपाठनबाट वञ्चित हुँदै आएका छन् ।
जीर्ण भवनको छानो मर्मत गर्न नसकेका कारण पानी पर्दा चुहिने भएकाले पठनपाठन बन्द गर्नु पर्ने बाध्यता रहेको प्रधानाध्यापक बिरबहादुर धामीले बताए ।
उनले भने–‘पानी पर्दा जताततै चुहिन्छ कसरी पढाउने ? कक्षा तीनसम्मको पढाई हुने यस विद्यालयमा ४० जना बालबालिका अध्ययनरत छन् । वर्षातको समयमा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको छ ।’
विद्यालयमा फर्निचर अभाव हुँदा विद्यार्थीलाई भुइँमै पढाउनु पर्ने अर्को बाध्यता रहेको प्रधानध्यापक धामीले बताए ।
२०६४ सालमा घुम्ति विद्यालयका रूपमा स्थापना भएको उक्त विद्यालयले २०६७ सालबाट कक्षा तीन सम्मको पढाइ सुरू गरेको थियो ।
सोही समयमा बनेको एउटा पुरानो छाप्रो छ । स्लेटले छाएको छानो पानी पर्नासाथ ठाउँठाउँमा चुहिने समस्या रहेको अभिभावक ईश्वर बोहराले बताए ।
विद्यालयको छानो मर्मतका लागि वडा र गाउँपालिकासँग आग्रह गर्दा समेत कुनै पहल नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसिंह बोहराले गुनासो गरे ।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा रहेको केदार आधारभुत विद्यालयमा पनि फर्निचर नहुँदा विद्यार्थीलाई बाहिर भुइँमै राखेर पढाउनु पर्ने बाध्यता छ ।
५ सय ३५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा पर्याप्त फर्निचर नहुँदा विद्यार्थीहरूलाई भुइँमै राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक विसनसिंह भण्डारीले बताए । उनले भने–‘फर्निचर छैनन् । माग पनि थुप्रै पटक गरियो तर कुनै पहल भएन् ।’
यस वर्ष निर्माण भएको दुई कोठे भवन बाहेक सबै भवन जीर्ण अवस्थामा रहेको र वर्षातको समयमा पानी चुहिने भएकाले पठनपाठन प्रभावित हुँदै आएको स्थानीय चन्ददेव जोशीले दुखेसो पोखे ।
जोशीले भने–‘गुणस्तरीय शिक्षा दिन्छौँ भन्छन् । तर, पानी पर्दा छाना चुहिएर विद्यार्थीलाई कापी किताबै बचाउन मुस्किल छ ।’
विद्यालयको समस्यालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्र सम्ममा भवनका लागि पहल गर्ने वडा अध्यक्ष हरिश जोशीले बताए ।
शिवनाथ गाउँपालिका–२ शर्मालीमा रहेको नागार्जुन माध्यमिक विद्यालयको समस्या पनि उस्तै छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा ८ सय भन्दा बढी विद्यार्थी छन् । तर, फर्निचर अभावमा पढाइ प्रभावित भइरहेको प्रधानाध्यापक माहमलसिंह साउदले बताए ।
उनले भने–‘फर्निचर अभावमा एउटै बेञ्चमा ६–७ जनालाई कोचेर राख्नु पर्ने बाध्यता छ । गर्मी याममा बस्न अप्ठ्यारो मानेर विद्यार्थीहरूले कक्षा छोड्ने क्रम बढेको छ ।’
भवन जीर्ण भएका तथा भौतिक संरचनाको अभाव भएका विद्यालयका लागि भनेर वर्सेनी आउने ब्लक कोटा पनि पहुँचका भरमा वितरण हुने गरेको स्थानीय अभिभावक रमेश चन्दको आरोप छ ।
जिल्लाका अधिकांश विद्यालय भवनहरू जीर्ण अवस्थामा रहएकाले पठनपाठनमा समस्या रहेको जिल्ला शिक्षा समन्वय एकाई प्रमुख नरेन्द्र थापाको भनाई छ ।
उनले भने–‘भवन र फर्निचर मागसम्बन्धी धेरै निवेदन परेका छन् । तर, सबैमा बजेट छुट्याउन सकिएको छैन । क्रमिक रूपमा समस्या समाधान गर्ने काम चलिरहेको छ ।’
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँपालिकाका विद्यालयमा समस्या विद्यमान रहेको र अहिले त्यसको पहलका लागि गाउँपालिकाले काम गरिरहेको बताए ।
उनले भने–‘समस्या विद्यमान छन् । एकै पटक सबै विद्यालयको समस्या समाधान गर्न सकिँदैन । विस्तारै समस्या हल हुँदै जान्छ ।’
नरी बडु
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…