विद्यार्थीलाई कुटपिट गरेको घटनाका अाराेपित शिक्षिकाविरुद्ध उजुरी
शङ्खेश्वरी मावि बराहपोखरीमा कक्षा ६ मा अध्ययनरत कौशिला राईलाई फागुन ३ गते बेहेस् हुनेगरी लठ्ठीले कुटपिट गरेको आरोपमा सोही विद्यालयकी शिक्षिका कृष्णकुमारी रेग्मीविरुद्ध पीडित पक्षले फागुन ५ गते जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकासहित सदरमुकाम दिक्तेलमा आएका अभिभावकले आरोपित शिक्षिकालाई कारबाही गर्न माग गर्दै शिक्षा कार्यालयमा निवेदन दिएका हुन् । आरोपितको कुटपिटबाट पीडित बालिकाको बाँया पाखुरा र गर्दनमा निलडाम लागेको पीडित बालिकाका बावु बज्रकुमार राईले बताए । 'छोरीलाई बेहोस् हुनेगरी कुटपिट गरिएछ ।'-राईले भने-'कुटपिट गर्नेलाई कारबाही हुनुपर्यो । हामीलाई न्याय दिनुपर्यो भनेर शिक्षामा निवेदन दिएका छौँ ।'
छात्रामाथि निर्घात कुटपिट भएको विरोधमा विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् । शिक्षिकाविरुद्ध प्रशासनमासमेत निवेदन दिने राईले बताए । घटनाका विषयमा यथार्थ बुझ्न बाँकी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी मीन थापाले बताइन् ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…