छात्राबासमा बस्ने गरेका विद्यार्थी विद्यालयबाट बेपत्ता !
कालिकामाई गाउँपालिका-२ का अध्यक्ष सोनालालप्रसाद चौरसियाका १३ वर्षीय छोरा भदौ १२ गतेदेखि बेपत्ता भएका छन् ।
वीरगन्जको पावर हाउस चोकमा रहेको जिएचपी माध्यमिक विद्यालयको होस्टलमा बस्दै आएका अमितकुमार चौरसिया विद्यालयबाटै सम्पर्कविहीन भएपछि विद्यालय प्रशासनले अभिभावकलाई जानकारी गराएको थियो ।
घटनाको भोलिपल्ट भदौ १३ गते अमितको परिवारले विद्यालयबाटै छोरा हराएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सामा गराउँदै खोजीको लागि निवेदन दिएका छन् ।
पर्सा प्रहरीमा उजुरी गर्दा पनि १२ गतेदेखि बेपत्ता भएको आफ्नो छोराको बारेमा हालसम्म कुनै ठोस नतिजा आउन नसकेको परिवारले आरोप लगाएको छ ।
विद्यालयकी सञ्चालिका तथा प्रिन्सिपल रमिन्दर कौरले घटनाबारे विद्यालय प्रशासन दुःखित रहेको बताइन् ।
'हामी पनि दुःखित छौँ । कसरी घटना भयो ? मलाई पनि थाहा छैन । सिसिटिभीमा हेर्दा अपरान्ह ३ बजेर ७ मिनेटमा विद्यार्थीको छुट्टी हुँदा दुई जना विद्यार्थीको पछिपछि लागेर अमित पनि बाहिर निस्केको देखिन्छ ।'-उनले भनिन्-'उनको खोजीका लागि हामी पनि परिवारसँग समन्वय गर्दै लागि परेका छौँ ।'
'छुट्टीको बेला १ हजार ५ सय जति विद्यार्थी एकैचोटी निस्कन्छन् । त्यसमा गार्डहरूलाई पनि समस्या पर्छ ।'-प्रिन्सिपल कौरले भनिन्-'त्यसकारण अमितमाथि निगरानी गर्न सकिएन ।'
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
केसी लामिछाने
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…