छाउगोठ मुक्त स्थानीय तह घोषणा
महिनावारी भएको समयमा महिला तथा किशोरी बस्न बनाइएका छाउगोठ भत्काएसँगै सदरमुकामस्थित मंगलसेन नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गरिएको छ ।
नगरमा रहेका ५ सय ६४ छाउगोठ भत्काएर महिनावारीका बेला सबै महिला र किशोरीहरू सुरक्षित रूपमै घरमा बस्न थालेको भन्दै फागुन २५ गते एक कार्यक्रमको आयोजना गरी छाउगोठ मुक्त नगर घोषणा गरिएको हो ।
नगर क्षेत्रका विभिन्न वडामा रहेका १ सय १५ छाउगोठ घर धनीले नै भत्काएका र ४ सय ४९ छाउगोठ प्रहरी,जनप्रतिनिधि र स्थानीय अगुवाको सयुक्त पहलमा भत्काइएको नगर प्रमुख पदमबहादुर बोहराले बताउनु भयो ।
सामाजिक कुसंस्कारका रूपमा रहेको छाउपडी कुप्रथा अगालेमा कानुनी कार्वाहीसँगै नगरबाट दिइने सेवा रोक्का गर्ने नगरपालिका नगर प्रमुख बोहराको भनाइ छ ।
नगरमा रहेका १४ वडा मध्येमा सबैभन्दा बढी वडा नम्बर १ कुन्ती र १३ वस्तीमा ७७/७७ छाउगोठ र सबैभन्दा कम वाडा नम्बर ६ जनालीबण्डालीमा १२ ओटा छाउगोठ भत्काइएको बताइएको छ ।
छाउपडी कुप्रथामा व्यापाक चेतना आएको भए पनि उनीहरूमा सरसफाइ, पोषणयुक्त खानाको बारेमा थप चेतना दिन आवश्यक रहेको मंगलसेन नगरपालिका–१३ का वडा अध्यक्ष प्रेमबहादुर थापाको भनाइ छ ।
छाउगोठ मुक्त नगर घोषणापछि निरन्तर अनुगमन र निरीक्षणसँगै चेतनामूलक कार्यक्रम आवश्यक रहेको मंगलसेन नगरपालिका–१२ का वडा सदस्य प्रमोद सोवको भनाइ छ ।
जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, महिला समूह, बाल तथा युवा क्लबसहितको सक्रियताले नगरका महिलालाई अकालमै मृत्यु हुनबाट बचाएको मंगलसेन नगर उपप्रमुख सरिता उपाध्यायको भनाइ छ ।
नगरलाई छाउगोठ मुक्त घोषणा गर्दै अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीले समाजका कुरीति र कुसंस्कारलाई समयमै अन्त्य गर्न सकेमा मात्रै सभ्य र विकशित समाज निर्माण गर्न सकिने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य बोगटीले मानवता विरोधी प्रथा र परम्परालाई अन्त्य गर्न सम्बन्धित पक्षले राज्यका कानुन पालना र कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताउनु भयो ।
गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रसँगै छाउगोठ भत्काउने अभियान शुरू भएको थियो । हालसम्म अछाम जिल्लामा झण्डै ५ हजार छाउगोठ भत्काइएको छ ।
शिवराज ढुंगाना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…