छाउगोठमा एक महिलाको मृत्यु, प्रधानमन्त्रीद्वारा चासो व्यक्त
तिमिल्सेन-७ की २२ वर्षीया सेतुदेवी उपाध्यायको छाउगोठमा बसेको अवस्थामा मङ्सिर ३ गते राति मृत्यु भएको छ । बेलुकी खाना खाएर छाउगोठमा सुत्न गएकी सेतुदेवी मङ्सिर ४ गते बिहान मृत अवस्थामा फेला परेपनि मृत्युको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
छाउगोठबाट बिहान ढिलोसम्म उठेर नआएपछि परिवारले हेर्न जाँदा पीडित महिलाको नाकबाट रगत आएको अवस्थामा शव फेला परेको स्थानीय तिलक खत्री तिमिल्सेनाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बद्रिप्रसाद ढकालले जानकारी दिए ।
सन् २००७ देखि हालसम्म अछाम जिल्लामा आठ जना महिला तथा किशोरीहरूको छाउगोठमा बस्नु परेकै कारण मृत्यु भएको बताइएको छ ।
महिनावारी भएको बेला अछाम जिल्लाका अधिकाँश महिला तथा किशोरीहरू घरदेखि केही टाढा रहेको सानो कटेरोमा कष्टपूर्ण रूपमा कम्तीमा पाँच दिनसम्म बस्नुपर्ने सामाजिक कुप्रथा कायमै रहेको छ ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त घटनाप्रति चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले मङ्सिर ४ गते अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी उक्त घटनाबारे चासो लिएको हो ।
सचिवालयले छाउपडी प्रथाजस्तो कुरीतिको अन्त्यका लागि यथाशीघ्र सरोकारवालाहरूको बैठक बोलाएर जनचेतना अभियान सञ्चालन गर्न निर्देशन दिइएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरी तिमल्सिनाले जानकारी दिए ।
शिवराज ढुङ्गाना
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…