चैतमा स्थानीय तहको निर्वाचन हुन सक्दैनः प्रमुख आयुक्त यादव
चैत महिनामा स्थानीय तहको निर्वाचन हुन नसक्ने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताएका छन् । निर्वाचन कानुनहरू बन्न नसकेका कारण चैतमा चुनाव गर्ने ढोका बन्द भएको उनले बताएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले सरकारलाई चुनावका लागि पठाएका ६ ओटा कानुनहरू मध्ये ३ ओटा कानुन पारित हुन ढिलाइ भएकाले चुनावी अभियानमा अवरोध भएकोले चैत महिनामा स्थानीय निर्वाचन हुन नसक्ने बताएका हुन् ।
जुम्लामा कात्तिक २० गते आयोजना गरिएको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोग ऐन, मतदाता नियमावली ऐनको मस्यौदा संसदमा दर्ता भएपनि पारित हुन ढिलाइ हुँदा निर्वाचन प्रभावित हुने बताए ।
उनले कानुन नबनेसम्म स्थानीय, संसदीय, प्रादेशिक चुनाव हुन नसक्ने भएकाले पहिला कानुन बनाउनु पर्नेमा जोड दिए ।
निर्वाचन आयोगले जुम्लामा आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आचारसंहिता पालना गर्न जुम्लाका राजनीतिक दल र सरोकारवाला निकायहरूले प्रतिवद्धतासमेत जनाएका छन् । कार्यक्रममा निर्वाचन आचारसंहिता-२०७२ हातमा समातेर उनीहरूले प्रतिवद्धता जनाएका हुन् ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…