चुनाव प्रचार-प्रसार गरी पार्किङमा राखेको जिपमा आगजनी

  ०७४ वैशाख २८ गते

माछापुच्छ्रे गाँउपालिका-१ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरूङले चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गरेको छ ।

गुरूङले चुनावी प्रचारमा प्रयोग गरेको ग १ ज ५१४८ नम्बरको जिपमा वैशाख २७ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट जिप पुर्णरूपमा जलेको छ । सो आगजनी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गरेको हुनसक्ने र हाल घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य गरिएको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले जानकारी दिए ।


सङ्गीता भाट