चुनावी प्रचार-प्रसारमा हिँडेको नेपाली काङ्ग्रेसको गाडीमा पेट्रोल बम प्रहार

  ०७४ वैशाख २८ गते

पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।

चार/पाँच जनाको समूहमा आएको समुहले पोखराबाट लेखनाथतर्फचुनावी प्रचार प्रसारमा गइरहेको बा ३ ख १४८३ नम्बरको हाइसलाई लक्षित गरी वैशाख २८ गते दिउँसो ४ बजे पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम प्रहार भएपनि घटनामा भौतिक र मानवीय क्षति भने नभएको र बम प्रहार गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।


सङ्गीता भाट