चिर्पट प्रहार गरी पत्नीको हत्या

  ०७५ मङ्सिर ११ गते

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया राममाया तमाङलाई ३५ वर्षीय पति तस्विर तमाङले मङ्सिर १० गते बेलुकी ५ बजेतिर आफ्नै घरमा काठको मुस्ली (चिर्पट) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा मुस्लीले टाउको, अनुहारलगायत शरीरका विभिन्न अङ्गमा प्रहार गरी राममायाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

पत्नि राममायाको हत्या गरी आरोपित फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर माधवप्रसाद काफ्लेले बताए ।


उद्धव पोखरेल