चिकित्सक गाउँमै भए पनि रोग नियन्त्रण भएन

  ०७६ वैशाख १७ गते

ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी फ्लू रोग वैशाख १६ गतेसम्म नियन्त्रणमा आउन सकेको छैन । दुर्गम हुम्लाका नागरिक धामी झाँक्रीको धार्मिक विश्वासमा बढी केन्द्रित हुने गर्दछन् ।

यहाँ पर्याप्तरूपमा औषधि नहुनु, स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबस्नुले पनि यहाँका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।

गएको चैत २६ गतेबाट फैलिएको मौसमी फ्लू रोगका मृतकको सङ्ख्या १० पुगेपछि हुम्ला यतिबेला शोकमा डुबेको छ ।

वैशाख १५ गते मात्रै स्थानीय तह, प्रशासन, प्रदेशको पहलमा गृहमन्त्रालयबाट औषधि र डाक्टरहरूको टोली रोग पैmलिएको स्थलतर्फ लागेता पनि मृतकको सङ्ख्या दिनप्रति दिन बढ्दै आउँदा यहाँका नागरिक यतिबेला चिन्तामा परेका छन् ।

औषधि अभाव र स्वास्थ्यकर्मी नियमित नबस्नु यो हुम्लाको लागि नौलो कुरा होइन, यहाँका नागरिकले एउटा सामान्य सिटामोल पाउनको लागि हारगुहार गर्नुपर्ने अवस्था झन् बढ्दै गएको छ ।

पहिलो समस्यातः यहाँका नागरिक यातायातको पहुँचसम्म नजोडिँदा पनि सो स्वतःस्फुर्तरूपमा स्वास्थ्य परीक्षण गर्न जानलाई स्वास्थ्य संस्था पुग्न चार–पाँच घण्टा पैदल लाग्ने भएकाले समस्या देखिएको छ ।

चैत २६ देखि वैशाख १६ गते बिहान सम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय रङ्गे कोली, पाँच वर्षीया सुनकेस्रा सुनार, ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार, १० महिनाका बालक सञ्जीव थापा र ६० वर्षीया पवित्रा बोहोराको मृत्यु भएको मैला स्वास्थ्य चौकीका मोतिलाल जैसीले जानकारी दिए ।

रोग प्रभावित क्षेत्रमा डाक्टर र औषधि लिएर हेलिकप्टर खटियो
रोगका कारण १० जनाको मृत्यु हुँदा प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा हेलिकप्टर आइतबर बिहान पठाइएको सामाजिक मन्त्री दल रावलले जानकारी दिए ।

तजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिन नियन्त्रण गर्न प्रदेश सरकार लागि परेको मन्त्री रावलले जानकारी दिए ।

हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव छ । स्वास्थ्यकर्मीहरू समेत नियमित स्वाथ्य चौकीमा नभेटिँदा समस्या भएको स्थानीयबासिन्दाको गुनासो छ ।

नराम्रो सँग फैलिएको मौसमी फ्लू रोगका कारण यतिबेला पुरै गाउँपालिका चपेटामा परेको स्वास्थ्यकर्मी जैसीले बताए ।

मौसमी फ्लू फैलिएको २० दिन पछि वैशाख १६ गते मात्रै औषधिसहित चिकित्सकको टोली प्रभावित स्थलमा पुगेर शिविर सञ्चालन भइरहेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा.तेजराज भट्टराई, हेल्थ असिस्टेण्ट बलभद्र यादव, ल्याव असिस्टेण्ट धर्म अधिकारी सहितको टोली आवश्यक औषधि र नमूना सङ्कलन गर्ने आवश्यक समग्रीहरू सहित प्रभावित स्थलमा पुगेर शिविर सञ्चालन गरेर २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको स्थानीय नन्दलाल शर्माले बताए ।

प्रदेश राजधानीबाट चिकित्सकको टोली आएपनि वैशाख १७ गते बिहान थप एक जनाको मृत्यु भएको हो ।

सदरमुकाम सिमकोटबाट रोग प्रभावित ताजाकोट गाउँपालिकामा चिकित्सकको टोली पुग्न चार दिन पैदल लाग्ने भएकाले वैशाख १६ गते बिहान पाँच जना चिकित्सकको टोली औषधिसहित हेलिकप्टरमार्फत प्रदेशबाट ताजाकोटमा पुगेको छ ।

नौ जनाको मृत्युपछि वैशाख १६ गते मात्रै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, सोही गाउँपालिका अध्यक्ष बाग्दल मल्ल, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले गृहमन्त्रालयमा हेलिकप्टरको पहल गरेपछि ताँजाकोटमा उपचारका लागि प्रदेश अस्पतालका चिकित्सकको टोली पुगेको थियो ।

यहाँका बिरामी औषधि उपचार गर्न स्वास्थ्य संस्था पुग्दा सेतो टाटा सिटामोल नहुँदा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।

ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने २ सय भन्दा बढी बिरामी परेका छन् ।

हेलिकोप्टरबाट डाक्टर केएन पौडेलको नेतृत्वमा टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताजाँकोट पुगेका छन् भने मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमल्सिना पैदलमार्गबाटै वैशाख १६ गते बिहान प्रभावित क्षेत्र पुगेर सो टोलीले वैशाख १६ गते दिनभर मैला स्वास्थ्य चौकीमै स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गरेका छन् । त्यहाँ १ सय ३८ बिरामीको चेकजाँच गरिएको सो टोलीले जनाएको छ ।

स्वास्थ्यचौकीमा औषधि अभाव
ताजाँकोट गाउँपालिकामा दुई ओटा स्वास्थ्यचौकी रहेता पनि गाउँपालिकाका बिरामी हुँदा औषधिको अभाव देखिएको छ ।

औषधि अभाव र बिरामी बढी हुनेमा ताजाँकोटको गाउँपालिका–१ मा पर्ने जिमाना र काँडागाउँ त्यस्तै २ मा पर्ने मैला, तोलीबाडा र खटिकबाडा रहेको छ ।

स्वास्थ्यचौकीमा कोट्रिमोक्साजोल, एमोक्सोसिलन र सेपोटेक्सिनजस्ता एन्टिबायोटिकजस्ता औषधि सकिएका छन् ।

photo20190430humla (1)

photo20190430humla (2)

photo20190430humla (3)


नन्द सिंह