चार महिना देखि कार्यपालिका बैठक नबस्दा सेवाग्राही मर्कामा
राइनास नगरपालिकामा चार महिना देखि कार्यपालिकाको बैठक नबस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीको सरुवाको माग गर्दै नेपाली काँग्रेस निकट जनप्रतिनिधीले कार्यपालिका बैठक बस्न नदिएको राइनास नपा—४ का वडाध्यक्ष माधव पराजुलीले बताउनुभयो ।
नगरपालिकाबाट हुने सबै सेवाबाट केहि समयको लागि स्थगन गरिएको आन्दोलनकारी जनप्रतिनिधी राइनास नपा—३ का वडाध्यक्ष स्वतन्त्र हमालले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतले राजनैतिक हिसाबले पक्षपात गरेको भनि कार्यपालिका बैठक लगायत नगरपालिकाका नियमित काम बन्द गरिएको हमालले बताउनुभयो ।
राइनास नपा—३ का ३४ वर्षीय सूर्य पन्थीले छोरा र छोरीको नाबालिका परिचय—पत्रको सिफारिस नपाएको बताउनुभयो । जन्म, मृत्यु र बसाई सराई दर्ता एवं सिफारिस जस्ता नियमित कार्यमा समेत समस्या भएको राइनास नपा—३ का ३५ वर्षीय बाबुराम अधिकारीले बताउनुभयो ।
बैठक संचालन नहुँदा स्थानीय ऐन कानून बनाउन नपाएको नगरप्रमुख सिंहबहादुर थापाले बताउनुभयो । आन्दोलनका कारणले नेपाली नागरिकताको सिफारिस समेत प्रभावित भएको राइनास नपा—५ का ३६ वर्षीय राजु उपरकोटीले बताउनुभयो ।
राजनैतिक खिचातानीले गर्दा सेवाग्राहीले सेवा लिन नपाउनु मानवअधिकार उल्लघंन भएको उपरकोटीको भनाइ छ । नगरउप्रमुख धनकुमारी गुरुङका अनुसार कर्मचारीको पक्षपात कार्यले जनप्रतिनिधी आन्दोलित हुनुपरेको बताउनुभयो ।
नगरप्रमुख सिंहबहादुर थापाका अनुसार एक हप्ता भित्रै सहमती गरि नगरपालिकाको नियमित कार्य सुचारु हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित
खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको…
स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप
अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)
वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन व्यवसाय सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले…