घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

  ०७६ वैशाख २४ गते

मिथिला नपा–६ ढल्केवरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहलाई हत्या गरिएको अवस्थामा वैशाख २४ गते विहान घर नजिकै बारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईले बताएका छन् ।

वैशाख २३ गते साँझ घरबाट हराएका बालकको शव कसैले हत्या गरी फालिएको अवस्थामा फेला परेको हो ।

बालकको खोजतलाश वैशाख २३ गते अवेर रातिसम्म गरिए पनि फेला परेको थिएन । शवको जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

आधा घाँटी काटेको अवस्थामा शव फेला परेको छ । प्रहरीले घटनास्थल मुचुल्कालगायतका प्रमाणहरूको खोजी कार्य गरिरहेको इन्स्पेक्टर राईले बताए ।

हरियो रङ्को टिसर्ट लगाएर घरमै खेलिरहेका बालकलाई घरमा छाडेर परिवारजनका सदस्यहरू नजिकैको धारामा पानी ल्याउन गएका थिए । त्यही बीचमा आर्यन घरबाट हराएका भएका थिए ।

बालकको घाँटी रेटेर हत्या भएको पाइएपछि अपहरण गरी हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या किन र कसले ? गर्‍यो भन्ने आजसम्म खुलेको छैन । आज हेटौँडाबाट ल्याइएका कुकुर सहितको टोलीले घटना के कसरी भएको हो भन्ने कुराको अनुसन्धान गरिरहेको इन्स्पेक्टर राईले बताए ।

पीडित परिवारले आजसम्म उजुरी दिएको छैन । अनुसन्धान भइरहेकोले वैशाख २५ गतेसम्म परिवारजनले उजुरी दिने इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राईले जनाए ।


विनोदकुमार रविदास