जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा दुई जना गिरफ्तार
दमक नगरपालिका–६ मा घर भाडामा लिएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले इलाम, चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया वण्ठी भनिने नन्दीता साँवा लिम्बू र मोरङ, पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङलाई गिरफ्तार गरेको छ ।
आरोपितद्वयले घर भाडामा लिएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा स्थानीयले सूचना दिएपछि अनुसन्धानका लागि आरोपितद्वयलाई दमक नगरपालिका–६ स्थित डेराबाट चैत १५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
भाडामा लिएको घरबाट १७ वर्षीया बालिकादेखि ३९ वर्षीया महिलालाई उद्दार गरेको डिएसपी थापाले बताउनु भएको छ ।
नरेश खाती
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…