घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

  ०७७ साउन २४ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा ३ की २३ वर्षीया पुजा खनाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्सेकद्वारा वीरेन्द्रनगरमा सञ्चालित पारस्पारिक जवाफदेहिताः मानव अधिकार सुदृढीकरण कार्यक्रम अन्र्तगत पीडित खनाललाई साउन २३ गते १५ हजार नगद सहयोग गरिएको इन्सेकका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताउनुभयो ।

अधिकृत चौधरीका अनुसार पीडित पुजाको तर्फबाट मुद्दा प्रक्रियामा पैरवी गर्न अधिवक्ता गीता कोइरालालाई पनि नगद ५ हजार प्रदान गरिएको छ ।

पीडित पुजाले इन्सेकद्वारा गठित हिंसा निगरानी समूहमा दिएको निवेदन तथा हिंसा निगरानी समूह र इन्सेकले गरेको संयुक्त अनुगमनपछि गरिएको सिफारिसको आधारमा पीडितलाई सहयोग गरिएको अधिकृत चौधरीले जानकारी दिनुभयो ।

हिंसा पीडित पुजालार्ई रकम हस्तानान्तरण गर्दै इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले पीडितलाई कानुनी प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको बताउनुभयो ।


दुर्गा थापा