घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन ३ गते

त्रीवेणी गाउँपालिका-५ लाइतकी २१ वर्षीया दीपा खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति जोखबहादुर खड्कालाई साउन २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले असार ३१ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपित पतिले असार ३० गते कुटपिट गर्दा आँखामा चोट लागेको पीडित महिलाले बतउनुभयो । पीडित महिलाको उपचार जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।


मनिषा केसी