घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ७ गते

सान्नित्रिवेणी गाउँपालिका–२ का २१ वर्षीया चना विकलाई कुटपिट गरी घरनिकाला गरेको आरोपमा २२ वर्षीय पति अर्जुन टमटालाई प्रहरीले फागुन ७ गते गिरफ्तार गरेको छ ।

छोरा नजन्माएको आरोपमा पति र सासुले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यमवावु ओलियाले जानकारी गराउनु भएको छ । पीडितलाई आरोपितहरूले फागुन १ गते कुटपिट गरि एक छोरीसहित घर निकाला गरेको पीडितको आरोप छ ।

घाइते भएकी विकको उपचार जिल्ला अस्पताल कालिकोटमा भएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।


कालीबहादुर मल्ल