घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल
केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रमाण र वयानको आधारमा अरोपितले पत्नीलाई घरेलु हिंसा गरेको ठहर गर्दै कैद र जरिानाको फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नासु नारायण भट्टराईले जानकारी दिए ।
पतिले बारम्बार कुटपिट तथा मानसिक यातना दिएको भन्दै सिर्जनाले असार ७ गते न्यायको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…
वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै…
समयमा नै ध्यान पुर्याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण…
तीन महिनामा १ हजार ३ सयभन्दा बढी पीडित, महिला तथा बालिका हिंसाका घटना ७४ प्रतिशत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१…