घरेलु हिंसा गरेको कसुर ठहर गर्दै तीन महिना कैदको फैसला
महाकाली नगरपालिका-७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासू पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत, दार्चुलाले असोज ६ गते जनही तीन महिना कैदको फैसला गरेको छ ।
न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपित त्रयलाई दोषी ठहर गर्दै तीन/तीन महिना कैद र जनही २० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार किरन सिंहले बताए ।
पीडित महिलाका पति नविनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासू, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले ०७६ वैशाख २ गते जिल्ला अदालत, दार्चुलामा मुद्दा हालेकी थिइन् ।
कसुर ठहरिएका तीनै जनालाई गिरफ्तार गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तीन वर्षन्दा कम कैद सजाय तोकिएका कसुरदारले तोकिएको रकम बुझाएमा कैद बस्नु नपर्ने उल्लेख छ ।
पीडितको उजुरीका आधारमा जिल्ला अदालत, दार्चुलाले कसुर ठहर गर्दै कैद फैसला गरेको भएपनि अदालतको फैसला चित्त नबुझेको हकमा ३५ दिन भित्र कसुरदारहरूले उच्च अदालतमा जान सक्ने कानुनी प्रावधान समेत रहेको श्रेस्तेदार सिंहले बताए ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…