घरेलु हिंसा गरेको कसुरमा ५ हजार रुपियाँ जरिवाना

  ०७६ पुस २९ गते

३४ वर्षीया पत्नी कौशिला बुढालाई घरेलु हिंसा गरेको कसूरमा गुराँस गाउँपालिका–४ तालपोखरीका ३५ वर्षीय कुलबहादुर बुढालाई जिल्ला अदालत, दैलेखले ५ हजार रुपियाँ जरिवाना र ५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
न्यायाधीश दण्डपाणी लामिछानेको पुस २८ गतेको इजलासले सो फैसला गरेको जिल्ला अदालतका सुचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।
कौशिलाले ०७५ असार ५ गते जिल्ल्ला अदालतमा सम्बन्धबिच्छेद मुद्दा दर्ता गरेको विषयलाई लिएर कुलबहादुरले ०७५ भदौ १८ गते माइतीमा आई कुटपिट गरेको घटनाको तीन दिनपछि पीडित पक्षले भदौ २१ गते जिल्ला अदालत, दैलेखमा घरेलु हिंसाको उजुरी दिएको थियो ।
जरिवाना र क्षतिपुर्तिको सजायसंगै पति पत्नीबीच सम्बन्धबिच्छेदको पनि फैसला भएको जिल्ला अदालत, दैलेखले जनाएको छ ।


अमर सुनार