घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार

  ०७७ जेठ ७ गते

रत्ननगर नगरपालिका–१५ की ४३ वर्षीया सुशीला ढकाललाई घरेलु हिंसा गरेको आरोपमा पति ५४ वर्षीय पूर्णप्रसाद ढकाललाई जेठ ६ गते  प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।

घरयासी विवादको क्रममा जेठ ६ गते पतिले खुकुरी प्रहार गर्दा पत्नी ४३ वर्षीया सुशीला ढकालकाे टाउको तथा हातमा चोट लागि गम्भीर घाइते हुनु भएको छ ।

घाइते सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा जेठ ६ गतेदेखि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनुभयो ।


दिपेन्द्र अधिकारी