घरैबाट ‘बेपत्ता’ दम्पतीको अवस्था एक महिनासम्म अज्ञात
पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमा सुतेका ६६ वर्षीय मुसाफिर झा र ६० वर्षीया पत्नी गीतादेवी झा फागुन १० गते घरमा सुतेकै ठाउँबाट बेडसहित ‘बेपत्ता’ भएदेखिको अवस्था एक महिनासम्म पनि अज्ञात रहेको छ ।
उनीहरुको अपहरण भएको आशङ्का गरिएपनि २६ दिन बितिसक्दा पनि अवस्था अज्ञात नै रहेको प्रहरीले जनाएको हो ।
दम्पतीको अवस्था अहिलेसम्म अज्ञात रहेकामा चैत ४ गते इन्सेक प्रदेश २ को नेतृत्वमा मानव अधिकारकर्मीको टोलीले घटनास्थल, पीडतको घर र परिवारजनसँग भेटघाट गरी घटनाबारे जाननकारी लिएका छन् ।
टोलीमा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह, ओरेक धनुषा जिल्ला परियोजना संयोजक रोजलिन सिंह बच्छार, युथ एडभोकेसी नेपालका अभियान संयोजक दिवाकर उप्रेती, महिला मानव अधिकार रक्षक सञ्जालका सदस्य जमुना भुजेल, मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारी र अधिकारकर्मी बलराम साहसहित रहनु भएको थियो ।
टोलीले परिवारका सदस्यहरूसँग घटनाबारे जानकारी लिनुका साथै घटनास्थलको अवलोकन गरेको थियो भने झा दम्पतीको अवस्था सार्वजनिक गर्न भनी रिले अनसन बसेका महोत्तरी र धनुषाका विभिन्न ४० ओटा सङ्घसंस्थाको ऐक्यबद्धता रहेकामा अनसन बसेकाहरूसँग भेटेर घटनाबारे जानकारी लिएका थिए ।
घर पुग्न पीसीसी ढलान गरिएको गल्लीमासमेत रगतका थोपा देखिएको थियो । ओछ्यान सहितै ती दम्पतीलाई अपहरण गरिएकोले यो घटना रहस्यमय बन्न पुगेको प्रहरीले जनाएको छ ।
मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना पत्नी, बुहारी र नातिनातिनासँग बस्दै आउनु भएको थियो ।
उहाँ लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बस्नु भएको थियो । उहाँ साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने अनुमान गरिएपनि प्रहरीले अहिलेसम्म अनुसन्धान भइरहेको भन्दै थप खुलाएको छैन ।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले भन्नु भयो–‘अहिलेसम्म आर्थिक, सामाजिक, पारिवारिक पक्षलाई हेरेर अनुसन्धान गरेका छौँ । घटनामा जग्गा विवाद पनि हुन सक्छ । हामीले सबै पक्षलाई हेरेर अनुसन्धान गरिरहेका छौँ ।’
उहाँले अनुसन्धान गर्ने क्रममा आएका कतिपय कुरा औपचारिक रूपमा भन्न नमिल्ने बताउनु भएको छ ।
डिआइजी सिंहले यो घटनाको अनुसन्धानको क्रममा २० जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको जानकारी दिनु भयो ।
उहाँले तीन जनालाई अनुसन्धानकै लागि हिरासतमा राखिएको बताउनु भयो । डिआइजी सिंहले भन्नु भयो–‘यो घटनाको ‘क्लू’ खोज्न अझै हामी व्यस्त छौँ । प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इलाका प्रहरीको संयुक्त टोली अपहरणको क्लू खोज्न व्यस्त छ ।’
बुबाआमा बेपत्ता भएको खबर पाउनासाथ माइत आइएकी छोरी बेबी मिश्रले बुबाआमाको अवस्था अबिलम्ब पत्ता लगाइदिन पहलका लागि इन्सेक नेतृत्वको मानव अधिकारकर्मी टोलीसँग अनुरोध गर्नुभयो ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर विकलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिडिरहेका बेला आरोपितले चैत २७ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार
आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर घई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २…