ग्रामीण क्षेत्रका जनता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित
सुर्खेतको ग्रामीण क्षेत्रका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका छन् । नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् ।
गुटु, बाबियाचौर, बिजौरा, कुनाथरी तथा पूर्वी क्षेत्रका मुख्य बजार छिञ्चु, रामघाट, दशरथपुर, मेहेलकुना, गुमी, बोटेचौर र मैनतडा बजारमा खुलेआम म्याद गुज्रेका खाद्यान्नलगायतका दैनिक उपभोग्य सामान विक्री वितरण हुँदै आएकाले यहाँका उपभोक्ता स्वस्थ्य खाद्य उपभोग गर्नबाट वञ्चित हुनुपरेको उपभोक्ता हित संरक्षण मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयकले बताए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको बजार अनुगमन समितिले वीरेन्द्रनगर बजारमा बेलाबखतमा अनुगमन गरेपनि ग्रामीण क्षेत्रका ससाना बजारको अनुगमन नगर्दा आम उपभोक्ता स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित हुनुका साथै कालो बजारीयाले प्रश्रय पाएको अध्यक्ष वयकले जानकारी दिए ।
बजार अनुगमन समितिका संयोजक एवम् जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले तत्काल ती बजार क्षेत्रको अनुगमन गरिने र नागरिकको सुरक्षित एवम् स्वस्थ खाद्य उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने बताए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर…
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…