गोली प्रहार गरी छोरीको हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २८ गते

पुर्चौडी नगरपालिका– १० की २० वर्षीय विनिता महराको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बुवा धनसिंह महरालाई माघ २७ गते गिरफ्तार गरेको छ ।

छोरीलाई गोली प्रहार गरी भरुवा बन्दुकसँगै लिएर भागेका महरालाई गिरफ्तार गर्न कठिनाइ भएको भएपनि स्थानीयहरुको सहयोगमा दोगडाकेदार गाउपालिका–८ मल्लेखबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर जनकबहादुर धामीले बताउनु भयो ।

घरायसी विबादका कारण माघ २४ गते अपरान्ह छोरीमाथि गोली प्रहार गरी फरार रहेका महराले सोही राति आफ्नै घरको छानोमा आगजनी समेत गरेका थिए ।

गोली प्रहार गरी हत्या गरिएकी विनिताको शबको पोष्टमार्टम माघ २५ गते जिल्ला अस्पताल, बैतडीमा गरी सोही दिन आफन्त तथा छिमेकीहरुले दाहासस्कार गरेको इन्स्पेक्टर धामीले बताउनु भयो ।


नरी बडु