गैरसरकारी संस्थाहरू पारदर्शी एवं जवाफदेही हुनुपर्छ- अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले समाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरू पारदर्शी एवम् जवाफदेही हुनुपर्नेमा बताएका छन् ।
युएसएआईडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एफएचआई ३६० को संयुक्त आयोजनामा पुस ६ गते काठमाडौंमा सम्पन्न गैरसरकारी संस्थाको सुशासन, प्रभावकारिता एवं जवाफदेहितासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले समाजको विकासमा लागेको गैससहरू पारदर्शिताका मामिलामा सचेत हुनुपर्ने बताएका हुन् ।
गैरसरकारी संस्था महासंघले अहिले कानुनको मस्यौदा तयार गरी त्यसमा छलफल गर्दै निर्वाचित सांसदहरूलाई दिनुपर्ने उनले बताए । गैरसरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालले गैससहरूको योगदानको विषयमा जनताकाबीचमा राम्रो धारणा नभएको बताउँदै बदलिदो परिस्थिति एवम् समय अनुसार आफुलाई परिमार्जन गर्दै जानुपर्ने बताए ।
राजनीतिक नेतृत्व, कर्मचारी एवं मिडियाले गैससलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले सुशासन र पारदर्शितामा जोड दिएका छन् ।
राजनीतिक दलका नेता एवं आफन्तहरू सहभागि नभएका कुनै एनजिओ नभएको बताउँदै त्यस्ता एनजिओहरूले आफ्नो काम प्रभावकारी तथा पारदर्शी नबनाएका कारण पनि समस्या उत्पन्न भएको बताए ।
गोगो फाउण्डेशनका केदार खड्काले गैरसरकारी संस्थाले सुशासन एवं पारदर्शितामा कुनै किसिमको सम्झौता नगरी समाजको बिकासमा लाग्नुपर्ने बताए । समाजको बिकासमा महत्वपुर्ण योगदान गरेका गैरसरकारी संस्थाले बदलिदो समयमा आफुलाई समेत परिमार्जन गरेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा सहभागी बिभिन्न जिल्लाका मानवअधिकारकर्मी एवं गैरसरकारी संस्थाका अभियन्ताहरूले जिल्लाका विभिन्न समस्या एवं प्रगतिका विषयमा छलफल गरेका थिए ।
सुभाष साह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…