गैरदलितले खानेपानीबाट वञ्चित गरेको दलित समुदायको आरोप
दशरथचन्द नपा-११ सत्पालीका ४५ परिवार भएको दलित बस्तीमा गैरदलितले खानेपानी उपभोगबाट वञ्चित गरेको दलित समुदायले आरोप लगाएको छ ।
करीव ६ वर्षअगाडिदेखि सञ्चालनमा रहेको उक्त खानेपानीमा आफूहरूलाई विभेद गरिएको स्थानीयको आरोप लगाएका हुन् ।
'घरको करेसाबाट खानेपानीको पाइप लगेर गैरदलित समुदायले पानी खाएका छन् । तर, हामीहरूलाई उक्त पानी उपभोग गर्न दिइएन ।'-स्थानीय तजराम लावडले भने ।
'हाम्रो समुदायमा पानीको हाहाकार छ । गैरदलित समुदायले सिञ्चाई गर्नसमेत खानेपानीको उपयोग गरिरहेका छन् ।'-प्रकाश लावडले भने ।
कात्तिक २६ गते उक्त क्षेत्रका दलित समुदायका केही व्यक्तिहरू खानेपानी उपभोगमा सहज व्यवस्थापनको मागसहित जिल्ला प्रशासन कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय लगायतका अन्य सरोकारवाला निकाय सम्म पुगेपछि उक्त कुरा र्सार्वजनिक भएको हो ।
'दलित भएकाले आफूहरूको पहुँच पनि त्यति छैन र सरोकारवाला निकायले पनि हामीहरूको समस्यालाई समाधान गर्न कुनै पहल गरेको छैन ।'-धनीराम लावडले भने ।
दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माले उक्त समस्याको चाँडै समाधान गर्न नगरपालिकाले पहल गर्ने बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…